बाघको आक्रमणबाट दुई सातामा तीन जनाको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट दुई सातामा तीन जनाको मृत्यु


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दियामा पाटेबाघको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविकमार्ग मधुवन नगरपालिका-३ धनौरास्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुई जना स्थानीय युवाको मृत्यु भएको हो ।

खाता जैविक मार्गमा एक साताअघि घाँस काट्न गएकी स्थानीय २९ बर्षीया गंगा खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

मंगलबार पाटे बाघले आक्रमण गर्दा मधुवन नगरपालिका ३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए ।

जैविकमार्ग नजिकै सामुदायिक वनलाई वासस्थान बनाएको पाटेबाघले मान्छे मार्न थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।

बाघले धमाधम मान्छेलाई आक्रमण गर्न थालेपछि बिहानको समयमा वन क्षेत्रमा प्रवेश नगर्न कार्यालय प्रमुख बाग्लेले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ३५ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर