आयुर्वेदिक सेवामा आकर्षण | Khabarhub Khabarhub

आयुर्वेदिक सेवामा आकर्षण


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ ।

विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीले सेवा लिने मौका पाएका हुन् । सदरमुकाम फिदिमबाट सेवा सुरुआत् भएपछि दैनिक औसत २० सेवाग्राहीले आयुर्वेदिक सेवा लिन थालेका छन् ।

विशेषतः ग्याष्ट्रिक र बाथ रोगका विरामीहरुले सेवा लिन थालेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।

यसअघि केन्द्रले फिदिम–२ पल्लोटारबाट सेवा दिँदै आएको थियो । “जिल्ला स्वास्थ्य केन्द्रको सेवाबारे प्रशस्त प्रचार नहुँदा सेवाग्राहीहरुको सङख्या उल्लेख्य हुनुले भविष्यमा आयुर्वेदमा यहाँका सेवाग्राहीको आकर्षण बढ्ने देखिन्छ”, कविराज समेत रहेका कार्यालयका सूचना अधिकारी पौडेलले भने, “सेवाग्राहीको चाप र आवश्यकता बमोजिम सेवा विस्तारमा जोड दिइरहेका छौँ ।”

कार्यालयले पूर्वकर्म, पञ्चकर्म लगायत आयुर्वेदिक उपचार पद्धति कार्यान्वयनमा ल्याइसकेको छ । पूर्वकर्म र पञ्चकर्ममै शारीरिक, मानसिक, यौनजन्य समस्या समाधानका विभिन्न उपचार पद्धतिहरु पर्ने सूचना अधिकारी पौडेलको भनाइ छ ।

“बिरामीको समस्याका आधारमा सेवा दिइने हुँदा यति प्रकारका सेवा दिइन्छ भन्ने यकिन छैन्”, सूचना अधिकारी पौडेलले भने । दशैँपछि प्रयोगशाला र बेड स्थापना गरी सेवा दिने कार्यालयको तयारी छ ।

यहाँबाट सामान्य सेवाअन्तर्गत २३ प्रकारका औषधि विरामीहरुले निःशुल्क प्राप्त गरिरहेका छन् । ‘ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत ज्येष्ठ नागरिकले दुई प्रकारका शारीरिक क्षमता बढाउने औषधि तथा सुत्केरी महिलाले तीन प्रकारका दुग्धवद्धक औषधि निःशुल्क प्राप्त गरिरहेका छन् ।

कुनैपनि प्रकारको ‘साइड इफेक्ट’ नगर्ने औषधि निःशुल्क पाइएपछि पनि यहाँ सेवाग्राहीको संख्या उल्लेख्य हुँदै गएको हो ।
यहाँ थेरापीका लागि पुरुष र महिला स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । उक्त कार्यालयले स्वस्थ जीवन कार्यक्रम समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

उक्त कार्यक्रममा समुदायमा गएर योग, प्राणायम, ब्यायाम लगायत शारीरिक स्वस्थताका विधिहरु सिकाई तिनको प्रयोगमा जोड दिने, आम मानिसको शारीरिक अवस्थाको परीक्षण गर्ने तथा जडिबुटी खुवाइने पौडेलले जानकारी दिए ।

सदरमुकाममा अन्य सेवा लिन आउनेहरुले समेत आयुर्वेदिक सेवा लिई जीवन पद्धति परिवर्तनमा चासो देखाउन थालेका छन् । कोरोनाभाइरसको महामारी र दशैँ लगायत पर्व नजिकिँदा समेत सेवाग्राहीले चासो देखाएपछि फुर्सदका अन्य समयमा सेवा लिनेको भीड नै लाग्नसक्ने आँकलन उक्त कार्यालयको छ ।

कोभिड–१९ को महामारीसँगै आयुर्वेदिक उपचार पद्धतिको प्रवद्र्धन, शारीरिक क्षमता विकास, जडिबुटीको सेवन लगायत विषय चर्चामा आएसँगै आयुर्वेदिक उपचार पद्धतिप्रति आम नागरिकको चासो बढ्न थालेको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ११ : २४ बजे

बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ

बारा- बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २

सुहाङलाई बधाई दिन इलाम पुगे एमाले अध्यक्ष ओली

विराटनगर – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी

नेप्सेले पार गर्‍यो मनोवैज्ञानिक रेखा 

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले मनोवैज्ञानिक रेखा पार गरेको छ

श्रम सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम सम्बन्धी ऐन नियमहरू

उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चीनको