हास्यकलाकार मनोज गजुरेलमा कोरोना संक्रमण « Khabarhub

हास्यकलाकार मनोज गजुरेलमा कोरोना संक्रमण


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गजुरेलले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले आफूमा सामान्य लक्षण देखिएको र बिहीवारदेखि होम आइसोलेसनमा बसेको बताएका छन् ।

‘संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ,’ गजुरेल भन्छन्, ‘आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजेटिभ देखिए पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ ।’

गजुरेलले आफ्ना दाइ र आफू संक्रमित भएको पुष्टि भए पनि छोराछोरीमा कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् ।

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन, त्यसैले मैले यो भाइरसलाई आफ्नो शक्तिशाली इम्युन सिस्टममा स्वागत गरिसकेको छु,’ उनी भन्छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ११ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया