प्रदेश १ मा आज पनि दशैँ बिदा | Khabarhub Khabarhub

प्रदेश १ मा आज पनि दशैँ बिदा


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ सरकारले बुधबार पनि दशैँको सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले मंगलबारसम्म मात्र सार्वजनिक बिदा दिए पनि प्रदेश १ ले भने बुधबारसम्म नै दशैँको बिदा दिएको हो ।

यसअघि नै प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले कार्तिक ७ गते शुक्रबारबाट कार्तिक १२ गते बुधबारसम्म अर्थात् फूलपातीदेखि बुधबारसम्म दशैँको बिदा दिने उल्लेख गरेको थियो ।

यो निर्णयसँगै प्रदेश १ मा बिहीबारबाट मात्रै सरकारी कार्यालय खुल्ने भएका छन् ।

प्रदेश १ को राजपत्र अनुसार तिहार बिदा तीन दिनलाई दिइएको छ । लक्ष्मी पूजादेखि भाइटीका सम्मलाई बिदा दिने राजपत्रमा उल्लेख छ । लक्ष्मीपुजा कार्तिक २९ गते रहेको छ भने भाइटीका मंसिर १ गते सोमबार छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १ : ५६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र