कतार फर्किनका लागि अनुमति पत्रको म्याद थप्न सकिने « Khabarhub

कतार फर्किनका लागि अनुमति पत्रको म्याद थप्न सकिने


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कोरोना महामारीका कारण कतार बाहिर रहेका आप्रवासी श्रमिक लगायत अन्य नागरिकलाई चाहिने अनुमति पत्र (इन्ट्री परमिट)को म्याद थप्न सकिने भएको छ ।

परमिट निकाले जस्तै कतार पोर्टलको वेबसाइट मार्फत निवेदन दिई म्याद थप गर्न सकिने र यो सुबिधाबाट इन्ट्री परमिट निकालेको एक महिना भित्र विभिन्न कारणले कतार फर्कन नसकेका आप्रवासी नागरिकहरुले लाभ लिन सक्ने छन् ।

एक पटक जारी गरिएको प्रवेश अनुमतिको म्याद ३० दिनसम्म मान्य हुन्छ । म्याद सकिएका व्यक्तिले ३० दिनसम्मको लागि म्याद थप गर्न सक्ने हुकुमी कतारले ट्वीटर मार्फत जानकारी दिएको छ।

कतारमा पछिल्लो २४ घण्टामा २५० जनालाई संक्रमण पुष्टी भएको छ भने २६७ जनालाई निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार ९३९ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या १ लाख २८ हजार ८८४ पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या २३० पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण कतारमा १८ नेपाली श्रमिकले ज्यान गुमाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली श्रमिक कोरोनाबाट संक्रमित भन्ने भन्ने आधिकारिक तथ्याङक दूतावाससंग पनि छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ५१ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४