१३ महिने बालिका सियोना श्रेष्ठको उपचारमा कतारबाट १० लाख सहयोग « Khabarhub

१३ महिने बालिका सियोना श्रेष्ठको उपचारमा कतारबाट १० लाख सहयोग


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- निकै दूलर्भ रोगबाट पीडित १३ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कतारबाट संकलित सहयोग रकम पठाईएको छ ।

‘स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप-१’ बाट पीडित श्रेष्ठको पोल्याण्डमा उपचार भइरहेको छ । उनको उपचारका लागि सहयोग अभियानबाट जुटेको १० लाख रूपैयाँ पोल्याण्डमा पठाइएको हो ।

कतारमा टिकटक मार्फत धेरै नेपालीको मन जित्न सफल दंगाली बाबु योगेश श्रेष्ठको पहल र डीआरके समूह कतारका सल्लाहकार तथा सामाजिक अभियन्ता राजन चापागाईं लगायतको टिमले १० लाख २५ हजार ६५८ रुपैयाँ सहयोग रकम पठाएको हो ।

अभियान्ता चापागाईंका अनुसार  डीआरके समूहले इन्द्रेणीका संचालक कृष्ण कंडेलको नाममा ५ लाख ५ हजार ६५८ रुपैयाँ र इन्द्रेणीकै नबराज तिमिल्सिनाको नाममा ५ लाख २० हजार रुपैयाँ पठाएको छ ।

जसमा इन्द्रेणी व्यवस्थापनको लागि २० हजार र अरु सियोना श्रेस्ठलाई इन्द्रेणीको टिममार्फत श्रेष्ठको घर परिवारलाई बोलाएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए ।

सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ३७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक