चिनियाँ खोप प्रयोग गर्नेबारे श्रीलंकामा छलफल | Khabarhub Khabarhub

चिनियाँ खोप प्रयोग गर्नेबारे श्रीलंकामा छलफल


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलङ्काले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ ।

श्रीलङ्काली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिएका छन् ।

विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलङ्कालाई पनि उपलब्ध गराउने बारेमा उनले जानकारी दिए ।

उनका अनुसार श्रीलङ्का यसअघि नै विश्वव्यापी खोप तथा सङ्क्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’ मा आवद्ध भइसकेको छ ।

साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उनले जानकारी दिए ।

सुरुमा श्रीलङ्काको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउना साथ जतिसक्दो छिटो आफ्नो देशमा ल्याइने मन्त्री पाभिथ्राले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ५० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको