दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश-१ को सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको गडी गाउँपालिका– ३ स्थित भित्री सडक खण्डमा प्रदेश २–००१– त ०३११ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति साढे ८ बजेतिर भएको दुर्घटनामा ट्याक्टर चालक गडी– ४ का २७ वर्षीय सुवास साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा राति १०:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा पनि ट्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

स १ त ५७९७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रु १६ वर्षीय किशोर हिक्मत नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ०५ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार