भरतपुर महानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण « Khabarhub

भरतपुर महानगरपालिकाद्वारा छात्रालाई साइकल वितरण


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल वितरण गरिएको छ ।

भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको हो । साइकल वितरण गर्दै महानगर प्रमुख रेनु दाहालले अघिल्लो वर्षको योजना भए पनि कोभिड–१९ का कारण यस वर्ष १२ वटा वडाका ३३० छात्रालाई साइकल वितरण गरिने बताइन् ।

उनका अनुसार महानगरले विभिन्न वडामा पुगेर छात्रालाई साइकल वितरण गरिरहेको छ । यसअघि महानगरका २४, २५, २६, १३, १४, २२, २३ लगायतका वडाका छात्रालाई साइकल वितरण भएको थियो ।

महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनुपर्ने अवधारणा अगाडि सारेको छ ।

महानगरले आफ्नो आन्तरिक स्रोतबाट रु नौ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरेको छ । महागरले सबै स्कूलमा इन्टरनेट जडानको कामलाई तीव्रता दिएको छ भने प्रत्येक स्कूललाई एउटा ल्यापटप उपलब्ध गराएको प्रमुख दाहालले जानकारी दिइन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १२ : ०१ बजे

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।