मुख्यमन्त्री राउतद्वारा कवि विद्यापति स्मृतिमा शुभकामना « Khabarhub

मुख्यमन्त्री राउतद्वारा कवि विद्यापति स्मृतिमा शुभकामना


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले मिथिलाका कवि कोकिल विद्यापतिको स्मृति दिवसका अवसरमा देश तथा विदेशमा बस्नुभएका मैथिली समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा १४औँ शताब्दीको कार्तिक त्रयोदशी तिथिमा जन्मनुभएका कवि विद्यापतिले लेखेको प्रेम विरह र भक्तिरसका गीतहरु अहिले पनि मैथिल समुदायलाई आह्लादित गर्दछ भनि उल्लेख गरिएको छ ।

उनको प्रभाव बङ्गाली, उडिया र नेवारी समाजमा पनि प्रभाव परेको उल्लेख गर्दै सो विज्ञप्तिमा विद्यापतिले लेख्नुभएका गौंरक्षक, विजय नाटक, भूपरिक्रमा, पुरुष परीक्षा कीर्तिलताजस्ता गद्य ग्रन्थ अहिले पनि आदरका साथ पढिने गरेको उल्लेख छ ।

विद्यापतिको लिखनावलीको प्रभाव नेपाली लिखतमा समेत हेर्न सकिन्छ । उनले आफ्नो जीवनको उत्तरार्धकाल नेपालमा बिताएको र सो अवधिमा अनेकौँ पुस्तकको रचना गरेका थिए । उनी भविष्यवेता पनि थिए ।

विद्यापतिले आफ्नो मृत्युको सम्बन्धमा गरिएको भविष्यवाणी पुस्तकमा यसरी बर्णन गरिएको छ, “विद्यापतिको अवसान, कात्तिक धवल त्रयोदशी जान ।” अर्थात् कात्तिक त्रयोदशी तिथिमा मृत्यु हुने गर्नुभएको भविष्यवाणी सत्य भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  २ : ५५ बजे

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु