सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु | Khabarhub Khabarhub

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुईको मृत्यु


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कञ्चनपुरमा ट्वाइलेटको सेफ्टी ट्याङ्की सफा गर्दा दुई जनाको ज्यान गएको छ ।

भीमदत्त नगरपालिका २ महुलियाकी सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्दा सेफ्टी ट्याङ्कीमा खसेर २ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

सेफ्टीट्यान्कीमा खसेको स्थानीयले थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले सेफ्टी ट्याङकीबाट दुवै जनालाई मृत अवस्थामा निकालेको प्रवक्ता थापाले बताए । उनीहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ५ : १८ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ