‘विप्लव’ समूहले दावी गरेको क्रान्तिमा ‘भ्वाङ’ परिसक्यो : पूर्वमन्त्री बाँस्कोटा « Khabarhub

‘विप्लव’ समूहले दावी गरेको क्रान्तिमा ‘भ्वाङ’ परिसक्यो : पूर्वमन्त्री बाँस्कोटा


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ– पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए ।

सोही कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् ।

“ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाइँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाइँ पनि नेकपामा प्रवेश गर्नुपर्‍यो”, उनले भने ।

प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याए ।

“चन्द कमरेड तपाइँका नेता कार्यकर्तालाई तपाइँको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाइँ पनि नेकपामा समाहित भए राम्रो हुन्छ,” उनले दोहोर्‍याए ।

बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उनको तर्क थियो ।

“बमभन्दा ठूलो शक्ति जनता हो, उहाँहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ”, उनले भने,“जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आर्थिक समृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।”

नेकपामा कोही दास र कोही मालिक नभएको उनको धारणा थियो । उनले नेकपा कुनै पनि हालतामा नफुट्ने दाबी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए ।

“नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति होइन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।” उनले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको बताए ।

विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास–निर्माणमा मिलेर सुख र समृद्धिलाई प्रामिकता दिनुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : ५७ बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन