‘डीडीसी’ गठनका लागि जम्मु कश्मिरमा पहिलो चरणको मतदान « Khabarhub

‘डीडीसी’ गठनका लागि जम्मु कश्मिरमा पहिलो चरणको मतदान


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको जम्मु र कश्मिर क्षेत्रमा शनिबार पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान भएको छ ।

जिल्ला विकास परिषद् (डीडीसी) गठनका लागि शनिबार बिहानदेखि मतदान भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार बिहान सुरु भएको मतदान दिउँसो २ बजेसम्ममा सम्पन्न गर्ने तय गरिएको थियो । केन्द्रीय सरकार मातहतमा रहेको कुल २८० निर्वाचन क्षेत्र मध्ये ४३ निर्वाचन क्षेत्रमा शनिबार पहिलो चरणको मतदान भएको हो ।

जम्मु र कश्मिरमा जिल्ला विकास परिषद्को निर्वाचन आठ चरणमा सम्पन्न गर्ने निर्वाचन कार्यालयले तालिका बनाएको छ । सवै चरणका निर्वाचन आगामी डिसेम्बर १९सम्ममा सम्पन्न हुने तालिका रहेको छ ।

त्यसैगरी गणना भने डिसेम्बर २२ देखि हुने निर्वाचन कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । जिल्ला विकास परिषद्सँगै खालि रहेका सहरी स्थानीय संयन्त्र (युएलबी)को २३४ सिटका लागि पनि निर्वाचन हुने जनाइएको छ ।

निर्वाचनका लागि नेस्नल कन्फ्रेन्स, पिपल्स डेमोक्रयाटिक पार्टी, पिपल्स कन्फ्रेन्स र सिपिआई(एम) पार्टीले गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा राष्ट्रिय पार्टीहरु भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय काँग्रेसले पनि आ आफ्ना उम्मेदबारहरु प्रतिस्पर्धामा उतारेका छन् ।

मतदानका क्रममा कोरोनाभाइरस सर्न नदिनका लागि आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउन लगाइएको छ । स्वास्थ्य विभागका कर्मचारीहरुलाई परिचालन गरेर निर्वाचनमा संलग्न सवैलाई मापदण्ड पलना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त के के शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ०१ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक