ओलीको जवाफमा प्रचण्डले भने : ‘अफवाह, घमण्ड र अहंकारले पार्टी चल्दैन’  « Khabarhub

ओलीको जवाफमा प्रचण्डले भने : ‘अफवाह, घमण्ड र अहंकारले पार्टी चल्दैन’ 


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको ७० औं बैठकमा दिएको जवाफ अहंकार र घमण्डले भरिएको बताएका छन् ।

सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीको प्रत्युत्तरमा अहंका बाहेक केही नदेखिएको बताएका हुन् ।

“मैले राखेको विषयवस्तुलाई आरोपपत्र भन्नुभयो । यहीँनेर तपाईंमा अहंकार देखियो । तपाईंको दम्भ, घमण्ड, अहंकारनै समस्या निम्त्याइरहेको छ । फेरि पनि निम्त्याउने छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक एक सचिवालय सदस्यले भने, “तपाईं जसरी प्रस्तुत हुँदै हुनुहुन्छ, यो राम्रो बाटो होइन । बहुमत सचिवालय सदस्यको प्रस्ताव स्वीकारेर जानुको विकल्प छैन ।”

ओलीको जवाफलाई प्रचण्डले अफवाहको संज्ञा दिएका थिए । ओलीले दोस्रो केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय नमानेपछि पार्टीमा समस्या सिर्जना भएको भन्दै त्यसलाई सच्याउनुको विकल्प नभएको प्रचण्डको भनाइ थियो ।

‘प्रचण्ड’ले ओलीमा अझै कमजोरी महसुस गरेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने भाव नदेखिएको समेत बताएका थिए ।

प्रधानमन्त्री ओलीको एक घन्टा लामो मन्तव्यपछि शनिबारको सचिवालय बैठकमा छोटो सम्बोधन गरेका प्रचण्डले त्यस्तो बताएको ती केन्द्रीय सदस्यले भने ।

यद्यपि, ओलीका तर्फबाट जवाफी प्रस्ताव आउनुलाई आफूले सकारात्मक रूपमै लिएको बताउँदै प्रचण्डले दुवै प्रस्तावमाथि सही ढंगले छलफल गरिए पार्टी एकतालाई अझ मजबुद बनाउन सकिने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : ४६ बजे

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ