अनुहारमा चमक ल्याउने ८ टिप्स « Khabarhub

अनुहारमा चमक ल्याउने ८ टिप्स


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर देखिन कसलाई मन नलाग्ला र ? उमेर बढ्दै जाँदा मानिसमा काम तथा ब्यवहारको चाप थपिँदै जान्छ ।

शरीरमा जति तनाव, रोग वा मानिस थकित हुन्छ त्यति नै उसको सौन्दर्य फिका हुँदै जान्छ । तसर्थ मानिस आफ्नो खस्कदो सुन्दरताका कारण चिन्तामा रहने गर्दछन् । आज हामी सुन्दर देखिने केहि टिप्सबारे चर्चा गर्नेछौ :

१. सुन्दर देखिन मेकअपमा मात्र ध्यान दिएर पुग्दैन यसकालागी जीवनशैली परीवर्तन गर्न आवश्यक हुन्छ । अर्थात काम, खाना, आराम लगायतको जीवनशैली सहि हुनु पर्दछ ।

२. सुन्दर रहन शरीरमा पर्याप्त निन्द्रा पुग्नु आवश्यक हुन्छ । त्यसैले दैनिक ८ घण्टा गहिरो निन्द्रामा निदाउन सकेमा अनुहार सुन्दर देखिनुको साथै शरीर स्फुर्त रहने गर्दछ ।

३. सुन्दर देखिन खानपान र शारीरिक ब्यायाम महत्वपुर्ण छ । तसर्थ दैनिक ३० मिनेटभदा बढि समय ब्यायाममा खर्चिनु पर्दछ ।

४. मानिसमा आउने रिस, आवेग, क्रोधले सौन्दर्यतामा ह्रास ल्याउँछ तसर्थ सदैव आफूलाई सकेसम्म खुसी राख्न ध्यान दिनु पर्दछ । यसकालागी लाफिङ थेरामी महत्वपुर्ण हुनसक्छ ।

५. अनुहारको सुन्दरता खस्कनुमा मानिस रुनु पनि एक हो । मानिस रोएमा उसको अनुहारको चमक हराएर जान्छ । तसर्थ रुनबाट बच्नु पर्दछ ।

६. नुहाउनुअघि गुलाव जल, कागती, वेसन, दही र वेसारको मिश्रण शरीरमा दलेर केहिबेर बस्ने र केहि समयपछि मात्र नुहाएमा शरीरका साथै अनुहारमा सुन्दरता बढ्ने गर्दछ ।

७. नुहाउनुअघि आफुले प्रयोग गर्ने तेललाई तातो वनाएर कपालमा लगाएर केहिबेर मसाज गरेमा तनाव कम हुनुका साथै कपाल समेत राम्रो हुन्छ ।

८. यस अलावा सन्तुलित र स्वास्थ्य खानपान, सरसफाईका साथै प्राकृतिक सौन्दर्य प्रसाधनको मात्र प्रयोग गरेमा सुन्दरतामा झन् निखार आउने गर्दछ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : १६ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति