संसद विघटनको विरोध गर्दै सडकमा कांग्रेस, आज देशभर प्रदर्शन « Khabarhub

संसद विघटनको विरोध गर्दै सडकमा कांग्रेस, आज देशभर प्रदर्शन

काठमाडौँमा कहाँ कहाँ कुन समयमा हुँदैछ प्रदर्शन ?


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेस सडकमा उत्रिएको छ । आज देशभर प्रदर्शन गर्ने गरी कांग्रेसले तयारी गरिरहेको छ ।

प्रदर्शनका लागि नेताहरु आआफ्नो क्षेत्रमा परिचालन भएका छन् । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

प्रदर्शनका क्रममा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधन गर्नेछन् । शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । उनले क्षेत्र नम्बर १ को दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौँको कोटेश्वरमा सम्बोधन गर्दैछन्। नेता प्रकाशमान सिंहले नयाँ बानेश्वरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेता गगन थापा नेपालगञ्ज गएका छन् भने मीनेन्द्र रिजाल झापा पुगेका छन् । अन्य नेताहरु पनि सम्बन्धित क्षेत्रमा पुगेको तथा केही पुग्ने क्रममा रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले काठमाडौंमा कहाँ–कहाँ हुँदैछ प्रदर्शन ?

कांग्रेसले आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।

क्षेत्र नम्बर १

– दिउँसो १ बजे,  नयाँ बानेश्वर होटल एभरेस्ट अगाडि ।

क्षेत्र नम्बर २

– दिउँसो १ बजे कोटेश्वर चोक।

क्षेत्र नम्बर ३

–  दिउँसो १ बजे जोरपाटी चोक ।

क्षेत्र नम्बर ४

–  दिउँसो १ बजे नारायण चौर नक्साल।

क्षेत्र नम्बर ५

–  दिउँसो १ बजे नारायण गोपाल चोक  महाराजगन्ज ।

क्षेत्र नम्बर ६

 दिउँसो १ बजे मनमैजु लोकतान्त्रिक चोक।

क्षेत्र नम्बर ७

– दिउँसो १ बजे बालाजु चोक ।

क्षेत्र नम्बर ८

 दिउँसो १ बजे बसन्तपुर डबली ।

क्षेत्र नम्बर ९

– दिउँसो १ बजे कलंकी चोक ।

क्षेत्र नम्बर १०

 दिउँसो १ बजे कीर्तिपुर बजार ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : ५५ बजे

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.