विदेशमा नेपालीहरुले पनि लगाउन थाले कोरोनाविरुद्धको खोप « Khabarhub

विदेशमा नेपालीहरुले पनि लगाउन थाले कोरोनाविरुद्धको खोप


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : विदेशमा रहेका नेपालीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् ।

हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका नेपालीहरुले कोरोनाविरुद्धको खोप लगाइरहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार अहिलेसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

संघको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । सापकोटाका अनुसार यो साता नाइजेरिया, इजिप्ट, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

नयाँ प्रकारको भाइरसबाट बचौँ

बेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै अहिले सर्वत्र चिन्ता बढेको छ । डा.सापकोटाका अनुसार चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन(उत्परिवर्तित) भएर अर्थात् त्यसको गुणहरुमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन(स्वरुप)हरु बनिसकेको अवस्था छ ।

हालसम्मको अध्ययनका अनुसार उत्परिवर्तित भाइरस पुरानो भाइरसको तुलनामा लगभग ७० प्रतिशत छिटो फैलिएको पाइएको छ । हाल लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा कोभिड–१९ लागेको ४५ देखि ७० प्रतिशत बिरामीमा यो उत्परिवर्तित भाइरस देखिएको छ ।

युरोपेली संघ अन्तर्गतका ८ मुलुकहरूसहित, केही अफ्रिकी मुलुकहरू पनि यो भाइरस तीब्र रूपमा फैलिएको पाइएको भन्दै समितिले अत्यावश्यक बाहेकका यात्रा नगर्न त्यहाँस्थित नेपालीहरुलाई अनुरोध गरेको छ ।

डा. सापकोटाका अनुसार हाल जति पनि खोप बनिरहेका छन् ती अन्तिम परीक्षणमा छन् । ती भ्याक्सिनले उत्परिवर्तित भाइरसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने सर्वत्र चासो छ । यस्तो अवस्थामा स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ११ : १० बजे

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर