कम्युनिस्ट सरकारलाई भ्रष्टाचार र कमिसनमा मात्र चासो छ, जनताको चासो छैन: प्रकाशशरण महत | Khabarhub Khabarhub

कम्युनिस्ट सरकारलाई भ्रष्टाचार र कमिसनमा मात्र चासो छ, जनताको चासो छैन: प्रकाशशरण महत


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारले भ्रष्टाचार मात्र गरेको आरोप लगाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा आज आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै महतले सरकारले संस्थागत भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

उनले कम्युनिस्ट सरकारले जनतालाई गफ मात्र लगाएको तर काम नगरेको आरोप पनि लगाए । सम्बोधनका क्रममा नेता महतले सरकारको चासो कमिसन र भ्रष्टाचारमा मात्र भएको बताए ।

‘ओली सरकारले नेपाली जनतालाई धेरै ठूलो आश्वासन बाँडेको थियो, भ्रष्टाचार त म छेउछाउमै पर्न दिन्नँ भनेर ओली सत्तामा विराजमान हुनुभएको छ,’ उनले भने ।

साथै उनले नेपालमा अब पचास वर्ष कम्युनिस्ट सरकार चल्ने भन्दै गफ चुटेको तर तीन वर्ष पुग्दा नपुग्दै संसदलाई विघटनको तहमा पुर्‍याएको बताए ।

‘दुई तिहाई उपस्थितिका साथ नेपाली जनताले निर्वाचित गराएर पठाउँदासम्म यो पार्टीका नेताहरु भ्रष्टाचारभन्दा अरु केही देख्दैनन्, कोभिडबाट जनताले पाएको पीडा देख्दैनन्,’ महतले भने, ‘उहाँहरुका लागि त कमिसन ठूलो हो । उहाँहरुको चाख कमिसन कति आउँछ भन्नेमा मात्र छ ।’

उनले ओली नेतृत्वको सरकारकै कारण ओलीले अहिले नेपाल शक्तिराष्ट्रहरुको चलखेलको अखडा बनेको बताए । उनले प्रश्न गरे, ‘यो कसको कारणबाट भयो ?’

‘नेपालको राष्ट्रियता ओलीकै काँधमा अडिएको छ जस्तो गर्नुभयो तर अहिले दुःखलाग्दो अवस्थामा नेपालमा पुगेको छ,’ नेता महतले अगाडि भने, ‘उहाँ(केपी शर्मा ओली)ले अहिले शक्तिको स्रोत विदेशीलाई मानिरहनुभएको छ ।’

उनले आफू पनि परराष्ट्रमन्त्री भएको र त्यो बेला विदेशी शक्तिसँग आँखामा आँखा जुधाएर नेपालको हितमा कुरा गरेको तर ओली सरकारले जनतातिर फर्किएर राष्ट्रियताको कुरा गर्ने तर जहाँ भन्नुपर्ने हो त्यहाँ भन्न नसक्दा नेपालमा विदेशीको चलखेल बढेको बताए ।

जनताले बहुमत दिएर पठाएको दलका प्रधानमन्त्रीले गफ मात्र चुट्ने काम गरेको आरोप लगाए । उनले दुई वर्षमा रेल ल्याउने, पानीजहाज ल्याउने भनेर गफ मात्र लगाएको बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ३ : १७ बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र