नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार | Khabarhub Khabarhub

नेप्सेमा सुधार, तीन अर्ब ८५ करोडको कारोवार


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१४ बिन्दुले बढेर ३८२.५७ मा पुगेको छ ।

कूल २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयर रु तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ४८.६५, विकास बैंक १०.२९ र अन्य ०.९८ बिन्दुले घटेको छ ।

बैंकिङ ९.३४, होटल ३.४३, जलविद्युत् २.७४, वित्त २.०५, निर्जीवन बीमा ७५.३३, उत्पादन ९७.७९, लघुवित्त ६.०८, जीवन बीमा २९.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ ।

कारोवरका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ९१ लाख ८० हजार ५२ बराबरको कारोवार भयो । यस्तै नागरिक लगानी कोष रु ३२ करोड ३५ लाख १८ हजार ४१०, एनआइसी एशिया बैंक रु ३० करोड ६ लाख ६८ हजार ९२७, नबिल बैंक रु २४ करोड ३४ लाख १६ हजार २८, शिवम् सिमेन्ट रु २१ करोड १७ लाख ५५ हजार ५७५, एनसिसी बैंक रु १८ करोड ११ लाख ३३ हजार ३१६, ग्लोबल आइएमई बैंक रु १२ करोड ७४ लाख ३३ हजार ८६२ र नेपाल पुर्नबीमा कम्पनी रु १२ करोड ४९ लाख ८८ हजार ३५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा नारायणी डेभलपमेन्ट बैंक ९.९०, सेन्ट्रल फाइनान्स ९.६२, राधी विद्युत् कम्पनी ७.५९, एनसिसी बैंक ६.०१, आइएमई जनरल इन्स्योरेन्स ५.६४, एनआइसी एशिया बैंक ५.४३, नेपाल ल्यूब आयल ४.८२ , शिवमु सिमेन्ट ४.६४ र प्रभु बैंकका लगानीकर्ताले ४.४८ प्रतिशतले कमाए । एबिएल डिबेञ्चर ७.६०, समटि लघुवित्त ३.८७, समृद्धि फाइनान्स ३.७३, एनएमबी पचास ३.३२, साल्ट टे«डिङ कर्पोरेशन २.९९, सानिमा माई हाइड्रोपावर २.९३ र जोशी हाइड्रोपावरका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ०५ बजे

काठमाडौं महानगरको नगरसभामा बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको