प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा  « Khabarhub

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा 


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको लमहीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ ए ’को विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

समूहको अन्तिम तथा निर्णायक खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो । भने लुम्बिनी समूहको उप –विजेता बन्दै सेमिफाइनल पुगेको छ ।

अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उप –विजेता सँग खेल्नेछ । भने लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग खेल्नेछ ।

यता खेलमा एपीएफले प्रस्तुत गरेको १ सय २३ रनको विजयी लक्ष्यलाई पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रनमा सिमित हुन् पुग्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन र सरस्वति पुनले अविजित रहदै १० रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न सकेनन् ।

बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का र रेखा रावलले १-१ हात पारे ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

एपीएफले मध्यम योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटरद्वय ज्योती पाण्डे र राजमती एरीले ठोस सुरुवात दिलाएका थिए । त्यस क्रममा यी दुई बीच ४४ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो ।

८.३ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी राजमतीले २५ बलको सामना गर्दै ११ रन बनाइन् । राजमती आउट भएपछि ज्योतीलाई साथ दिन इन्दु वर्मा मैदान आएकी थिइन् । जस अन्तर्गत यी दुईबीच दोस्रो विकेटका लागि ६६ रनको साझेदारी हुन् पुगेको थियो ।

१७.४ ओभरमा टिमको स्कोर १ सय ४ रन हुँदा दोस्रो विकेटका रुपमा आउट भएकी इन्दुले ३० बलमा ४ चौकासहित २८ रन बनाइन् ।

त्यसपछि ज्योती ४९ रन बनाएर आउट हुन् पुगिन् । अर्धशतक बनाउनमा मात्र १ रनले चुकेकी ज्योतीले उक्त रन बनाउने क्रममा ५४ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन् । यस्तै ममता चौधरीले ४ रन बनाउँदा सरिता मगर र सोनु खड्काले अविजित रहदै क्रमशः १० र २ रन बनाए ।

बलिङतर्फ लुम्बिनीकी कप्तान नेरी थापाले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । भने कृतिका मरासैनी र सरस्वती पुनले १–१ विकेट हात पार्न सफल भइन् ।

अब प्रतियोगितामा मंगलबार देखि समूह ‘बी’ का खेलहरु सुरु हुनेछ । जस अन्तर्गत दिनको पहिलो खेलमा सुदुर पश्चिमले गण्डकी प्रदेशको सामना गर्दा दिनको दोस्रो खेलमा बागमतीले प्रदेश १ को सामना गर्नेछ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ४० बजे

अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

एजेन्सी – अमेरिकाले चिनियाँ सामानको आयात ह्वात्तै घटाएको छ ।

उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने

एजेन्सी – उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान

पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल

झापा । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : मन्त्री रिजाल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल

दुई सय बत्तीस जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि…

काठमाडौँ – भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका