ए डिभिजन लिग फुटबलः आज मनाङ र संकटा भिड्दै « Khabarhub

ए डिभिजन लिग फुटबलः आज मनाङ र संकटा भिड्दै


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

मनाङ र संकटा गत सिजनका विजेता र उपविजेता टोली हुन् । यी दुई टोलीबीचको खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्ने दाउमा देखिएको छ ।

मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने, ‘हामी अपरजित छौं । संकटाविरुद्ध लक्ष्य तीन अंकको हुनेछ । अंक तालिकामा यथास्थितिमा रहन जित्नैपर्ने दबाब छ ।’

मछिन्द्रसँगको खेलमा झगडामा मुछिएका दुई खेलाडीलाई आज मनाङ मैदानमा उतार्न पाउने छैन । एन्फाले अशोक बराल  तथा जगजित श्रेष्ठमाथि कारबाही गरेको छ ।

संकटा पनि मनाङलाई रोक्ने दाउमा रहने छ । संकटाका प्रशिक्षक विजय महर्जनले भने, ‘ हाम्रा खेलाडी लयमा छन् । जित्नका लागि खेल्छौं ।’

लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ । ३ जित निकालेको संकटा आठौं स्थानमा छ । मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : २५ बजे

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन