चामत्कारिक रुपमा एकै दिनमा चीनले बनायो हस्पिटल ! « Khabarhub

चामत्कारिक रुपमा एकै दिनमा चीनले बनायो हस्पिटल !


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँहरु काममा निकै मेहनती र लगनशील हुन्छन् भन्ने हालै उनीहरुले गरेको एउटा कामले पुष्टि भएको छ ।

उनीहरुले एकै दिनमा अस्पताल निर्माण सम्पन्न गरेका हुन् । बिहान थालिएको अस्पताल निर्माणको काम बेलुकासम्म निर्माण पूरा गरिएको थियो ।

चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि बिरामीहरुको उपचारका लागि उक्त अस्पतालकाे निर्माण गरिएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले कोरोना संक्रमितहरुको उपचारका लागी छुट्टै आपतकालीन अस्पताल निर्माण गर्न निर्देशन दिएका थए ।

कोरोना रोगबाट संक्रमित भएका बिरामीहरुलाई चीनले उक्त आपतकालीन अस्पतालमा राखेर उपचार थालेको छ ।

पछिल्लो तथ्या‌ंक अनुसार चीनमा कोरोनाको संक्रमणबाट १०६ जनाले ज्यान गुमाइसकेका छन् भने ४ हजार भन्दा बढी संक्रमित भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमण नेपाल, अमेरिका, जापान, थाइल्याण्ड, फ्रान्समा लगायतमा पनि देखिएको छ ।

भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको वुहान शहरमा र अन्य शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

५० लाख बढी चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सक्रिय भएर लागेका छन् ।

चिनियाँ सरकारले संक्रमण फैलिन नदिँन कारखानाहरु मास्क र सुरक्षात्मक कपडा बनाउनका लागि जुटेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ५५ बजे

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी – पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

एमालेमा युवाले उठाए विशेष महाधिवेशनको एजेन्डा, तर नेताहरूले आँटै गरेनन्

काठमाडौं– यतिबेला नेकपा (एमाले)मा युवा, विद्यार्थी, वुद्धिजिवी लगायतको एउटा समूहले

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक