यस्तो छ विश्वको सबैभन्दा सानो ‘३ जी’ फिचरसहितको फोन « Khabarhub

यस्तो छ विश्वको सबैभन्दा सानो ‘३ जी’ फिचरसहितको फोन


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा टेक कम्पनीले संसारकै सबैभन्दा सानो फोन सार्वजनिक गरेको छ । जेन्को टाइनी टि २  नाम दिइएको उक्त फोन संसारकै सानो भएको निर्माण कम्पनीले दाबी गरेको छ ।

यो फोन जेन्को टाइनी टि १ को नै अपग्रेटेड भर्जन भएको कम्पनीले बताएको छ । यसमा प्रयोगकर्ताले कुल १४ फिचर्ससँगै क्यामराको पनि सुविधा पाउँछन् ।

कम्पनीले यस डिभाइसलाई अमेरिकामा किकस्टार्टरअन्तरगत सार्वजनिक गरेको छ । ग्राहकले यसलाई कम्पनीको आधिकारीक वेबसाइटको माध्यमबाट बुक गराउन सक्छन् ।

हेर्नमा यो एक सानो फीचर मोबाइल फोन हो, तर यसको मुल्य भने महँगो छ । कम्पनीले यस फोनको मुल्य १४ हजार ५०३ अमेरीकी डलर तोकेको छ ।

विश्वको सबैभन्दा सानो ३जी मोबाइल फोन जेन्को टाइनी टि २ बाट फोटोग्राफी पनि गर्न सकिनेछ । यस मोबाइल फोनमा फोटो र भिडियो सुट गर्न सकिन्छ। फोटोग्राफीको लागी डुअल फ्रन्ट र रियर क्यामरा रहेको छ ।

यसको अलवा यसमा माइक्रोएसडी कार्ड स्लट पनि दिईएको छ । जहाँ ३२जीबी सम्मको माइक्रोएसडी कार्ड प्रयोग गरेर यसको स्टोरेज बढाउन पनि सकिन्छ । फोटो क्लिक गरेपछि प्रयोगकर्ताले एसडी कार्डको मद्दतबाट फोटो सिधै आफ्नो अर्को फोनमा ट्रान्सफर गर्न सक्ने फिचर समेत रहेको छ ।

नयाँ जेन्को टाइनी टि २ मोबाइल फोनमा एफएम रेडियो, एमपी ३ र एमपी ४ फाइल्स, प्ले रेट्रो गेम, अलार्म क्लक र क्यालेन्डर जस्ता बिशेषताहरु दिइएको छ ।

यससँगै फोनमा सेफ्टीको लागि एसओएस फिचर पनि दिइएको छ । प्रयोगकर्ताले टक एन्ड टेक्स्ट फिचरको मद्दतबाट केवल बोलेर नै म्यासेज टाइप गर्न सक्छन्।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ३१ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा