टिपरको ठक्करबाट प्रेमिको ज्यान गएपछि प्रेमिकाले पनि लिइन् ज्यान « Khabarhub

टिपरको ठक्करबाट प्रेमिको ज्यान गएपछि प्रेमिकाले पनि लिइन् ज्यान


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– टिपरको ठक्करबाट सुर्खेतमा केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भएपछि उनकी प्रेमिकाले पनि आत्महत्या गरेकी छिन् ।

उनले घटनालगत्तै आत्महत्या गरेकी हुन् । घटना भएको स्थानमा केशरको क्षतविक्षत शव देखेपछि कोठामा पुगेर प्रेमिकाले आत्महत्या गरेकी हुन् । कालिकोट घर भएकी अरुणा शाही सुर्खेतस्थित मामाघरमा बस्दै आएकी थिइन् ।

अरुणाले केशरको घटना भएको केही बेरमा नै झुण्डिएको अबस्थामा फेला परेकी हुन् । केशरका आफन्तजनका अनुसार अरुणा मगलबार ३ बजे काठमाडौ जाने भएपछी बिहानै अरुणालाई भेट्न गएको जानकारी दिएका छ्न् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख दिल्लीराज पन्तले अरुणा मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए । केशरको शव देखेलगत्तै फर्किएकी अरुणाले विक्षिप्त अवस्थामा आत्महत्या गरेको हुन सक्ने प्रहरीको दाबी छ ।

‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे प्रहरीलाई जानकारी नभएपनी सिहको मृत्युलगत्तै शाहीको शव भेटिएको छ,प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तो थियो घटना

कालिकोट महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंह सवार भे.१प २१७८ नम्बरको मोटरसाइकललाई भे.१ख २२४२ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर केशरको घाइते शरीर पेल्दै घिसारेर २० मिटरजति अघि बढ्यो। टिपरले पेलेको केशरको दुई गोडा र एउटा हात मात्रै चिनिने अवस्थामा छ।

घटनापछि मृतकका आफन्त र वीरेन्द्रनगर बजार क्षेत्रका स्थानीय विरोधमा उत्रिए। घाइते व्यक्तिलाई जानाजान पेलेर मारेको भन्दै उनीहरूले दोषीलाई कारबाहीको माग गर। सडकमा टायर बालेर प्रदर्शन गरे। दोषीलाई कारबाही नगरेसम्म सडकबाट शव नउठाउने अडान लिए। तर, पीडित पक्षको आक्रोशको व्यवस्थापनमा प्रहरी संयमित भएन । अपराह्न साढे ३ बजे प्रहरीले बल प्रयोग गरी शव उठाएर कर्णाली प्रदेश अस्पताल पुर्‍यायो । मुचुल्कासमेत नगरी शव खोसेर लगेपछि पीडित झन् भड्किए। भिडले मंगलगढी चोक र यरीचोकमा रहेका प्रहरी बिट जलाइदिए ।

भिड नियन्त्रण गर्न प्रहरीले अर्को अप्रिय निर्णय लियो। हवाई फायर खोल्यो, गोली चलायो, आठजना घाइते भए। जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, १७ वर्षीय कृष्णबहादुर थापा र १७ वर्षीय गोकुल गिरी, कालिकोटका कमान सिंहलगायत घाइते भएका छन् ।

भिड उग्र बनेपछि नियन्त्रण गर्न प्रहरीले दुई राउन्ड मात्रै हवाई फायर गरेकोमा अज्ञात समूहले गोली चलाएको सुर्खेत प्रहरी प्रमुख डिल्लीराज पन्तको दाबी छ। तर, न्याय माग्दा प्रहरीले ज्यादती गरेको पीडितको गुनासो छ । स्थिति असामान्य हुने देखेपछि प्रशासनले साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि वीरेन्द्रगरमा कर्फ्यु लगाएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : १६ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट