अनसनरत त्रिपाठीको जीवन रक्षा गर्न माग गर्दै देउवा, पौडेल र सिटौलाको मोबाइलमा म्यासेज « Khabarhub

अनसनरत त्रिपाठीको जीवन रक्षा गर्न माग गर्दै देउवा, पौडेल र सिटौलाको मोबाइलमा म्यासेज


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी कार्यालय सानेपामा अनसन बसिरहेका नेपाल विद्यार्थी संघका नेताको जीवन रक्षाको माग गर्दै शीर्ष नेताहरुको मोबाइलमा म्यासेज पठाइएको छ ।

अनसनरत विद्यार्थी नेताको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको मोबाइलमा म्यासेज पठाइएको हो ।

सानेपामा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी तीन दिनदेखि आमरण अनशनमा बसेका छन् र उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि जीवन रक्षाको माग गर्दै एसएमएस पठाइएको हो । देशभरका नेविसंघका नेताहरुले पार्टीका शीर्ष नेतालाई एसएमएस गर्दै दवाव दिन शुरु गरिएको हो ।

‘नेविसंघको विधान, गरिमा र इतिहास जीवित राखियोस् । सत्याग्रही नवराज त्रिपाठीको जीवन रक्षा गरियोस्’ लेखिएको म्यासेज शीर्ष नेताहरुलाई पठाइएको हो ।

विधान अनुसार ३२ वर्षीय उमेर हद लागू गर्नुपर्ने लगायतका माग राख्दै लामो समयदेखि नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूह लामो समयदेखि सानेपामा रिले अनसन बसिरहेको थियो । तर सभापति देउवा र पार्टीका असन्तुष्ट पक्षबीच ५० वर्षीय राजीव ढुंगानाको नेतृत्वमा नेविसंघको नेतृत्व गठन गर्ने तयारी भएपछि रिले अनसन आमरण अनसनमा परिणत भएको थियो ।

नेविसंघका निवर्तमान महामन्त्रीकाफ्लेले आफूहरुले कांग्रेसभित्र आलोचनात्म चेज जीवित छ भन्ने प्रमाणित गर्नका लागि अहिले आन्दोन भइरहेको जनाए ।

‘हामी काँग्रेस भित्र आदर्शको पुनर्जीवन चाहन्छौं, काँग्रेस भित्र पनि “हिम्मत र सहास” जीवित छ, काँग्रेस भित्र पनि “आलोचनात्मक चेत” जिवित छ भन्ने प्रमाणित गर्न चाहन्छौं ‘ उनले भने ।

ढुंगानाको नेतृत्वमा नेविसंघ तदर्थ समिति बनाउने र त्यसले छ महिनाभित्र नेविसंघको ११ औं महाधिवेशन गर्ने गरि कांग्रेसले जिम्मवारी दिने तयारी गरेको छ ।

गत सोमबार पार्टी कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समिति बैठकका समयमा संस्थापन र काफ्ले समूहका विद्यार्थी नेताहरुबीच कुटाकुट नै भएको थियो । दिनभर जसो रणमैदान बनेको सानेपामा बेलुका नेताहरुको गाडीसमेत तोडफोड भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : ४३ बजे

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,