देउवालाई प्रधानमन्त्री ओलीको जवाफ: धक्का कोरोना भाइरसको हो | Khabarhub Khabarhub

देउवालाई प्रधानमन्त्री ओलीको जवाफ: धक्का कोरोना भाइरसको हो


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसले २०२०को भ्रमण वर्षमा केही धक्का दिएको बताएका छन् ।

मंगलबार संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को सुरूमा प्राकृतिक धक्का लागेको बताएका थिए ।

प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेकोले त्यो धक्का के हो भन्ने प्रश्न गरेका थिए ।

जसको जवाफ प्रधानमन्त्री ओलीले बुधवार नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटनका क्रममा दिएका हुन् ।

के को धक्का कहाँको धक्का भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भाइरसको कुरा गरेको थिएँ। त्यसलाई पनि कसले कसरी बुझ्यो बेल्लै कुरा हो।’

‘हामीले २०२० लाई नेपाल भ्रमण वर्ष भनेका छौं । कोरोना भाइरसले यो प्रयासमा केही धक्का देखियो भनेर भनेको थिएँ’ ओलीले भने,‘हामी सकभर धेरै धक्का पर्न नदिनेमा छौं । एक जनामा मात्र लक्ष्यण देखिएको छ । त्यसलाई कसरी नियन्त्रणमा लिने भन्नेमा गम्भीर छौं ।’

कोरोनाको संक्रमण बढ्छ मत्थर भएर जाँदैन भन्ने होइन । हामीले सावदानी अपनाउँदै जागरण गराउनु पर्छ । फैलन नपाओस् भनेर ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १२ : ५९ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार