देउवालाई प्रधानमन्त्री ओलीको जवाफ: धक्का कोरोना भाइरसको हो « Khabarhub

देउवालाई प्रधानमन्त्री ओलीको जवाफ: धक्का कोरोना भाइरसको हो


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसले २०२०को भ्रमण वर्षमा केही धक्का दिएको बताएका छन् ।

मंगलबार संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को सुरूमा प्राकृतिक धक्का लागेको बताएका थिए ।

प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेकोले त्यो धक्का के हो भन्ने प्रश्न गरेका थिए ।

जसको जवाफ प्रधानमन्त्री ओलीले बुधवार नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटनका क्रममा दिएका हुन् ।

के को धक्का कहाँको धक्का भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भाइरसको कुरा गरेको थिएँ। त्यसलाई पनि कसले कसरी बुझ्यो बेल्लै कुरा हो।’

‘हामीले २०२० लाई नेपाल भ्रमण वर्ष भनेका छौं । कोरोना भाइरसले यो प्रयासमा केही धक्का देखियो भनेर भनेको थिएँ’ ओलीले भने,‘हामी सकभर धेरै धक्का पर्न नदिनेमा छौं । एक जनामा मात्र लक्ष्यण देखिएको छ । त्यसलाई कसरी नियन्त्रणमा लिने भन्नेमा गम्भीर छौं ।’

कोरोनाको संक्रमण बढ्छ मत्थर भएर जाँदैन भन्ने होइन । हामीले सावदानी अपनाउँदै जागरण गराउनु पर्छ । फैलन नपाओस् भनेर ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १२ : ५९ बजे

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध