पूर्वी तराईंमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानी पक्राउ | Khabarhub Khabarhub

पूर्वी तराईंमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानी पक्राउ


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– मधेसी नेशनल पार्टीको नाउमा पूर्वी तराईंमा आतंक मच्चाउने एक भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।

भारतीय राज्य बिहारको मोतिहारी जिल्ला घर भएका चाँद अलीलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो ।

सीमावर्ती भारतीय नाकाबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले अलीलाई पक्राउ गरेको हो ।

सीमा क्षेत्रबाट नेपाल गर्न मोटरसाइकलमा आएका ३ जना बकैया नदीको बाँधमा पुग्दा प्रहरी टोलीमाथि फायरिङ गरेर भारततर्फ भागेका थिए । मोटरसाइकलमा आएका युवकले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

गोली लागेर मोटरसाइकलबाट लडेपछि प्रहरीले अलीलाई पक्राउ गरेको हो । दायाँ खुट्टामा गोली लागेका अलीको अहिले गौर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १ : १९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः