पूर्वी तराईंमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानी पक्राउ « Khabarhub

पूर्वी तराईंमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानी पक्राउ


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– मधेसी नेशनल पार्टीको नाउमा पूर्वी तराईंमा आतंक मच्चाउने एक भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।

भारतीय राज्य बिहारको मोतिहारी जिल्ला घर भएका चाँद अलीलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो ।

सीमावर्ती भारतीय नाकाबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले अलीलाई पक्राउ गरेको हो ।

सीमा क्षेत्रबाट नेपाल गर्न मोटरसाइकलमा आएका ३ जना बकैया नदीको बाँधमा पुग्दा प्रहरी टोलीमाथि फायरिङ गरेर भारततर्फ भागेका थिए । मोटरसाइकलमा आएका युवकले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

गोली लागेर मोटरसाइकलबाट लडेपछि प्रहरीले अलीलाई पक्राउ गरेको हो । दायाँ खुट्टामा गोली लागेका अलीको अहिले गौर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १ : १९ बजे

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध