चितवनमा एकै दिन मरे २ वटा गैँडा « Khabarhub

चितवनमा एकै दिन मरे २ वटा गैँडा


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन २ वटा गैँडा मरेका छन् । मंगलबार मरेकासँगै चालू आर्थिक वर्ष २०७६/७७ मा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये २ राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेको हो । अर्काे एक गैँडा सुखीभार क्षेत्र नजीक मृतावस्थामा फेला परेको छ ।

घिमिरेका अनुसार सो गैँडा ३० वर्षको पोथी हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैँडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैँडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दिए । अर्काे गैँडा मर्नाको कारण खुल्न सकेको छैन ।

गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा २६ र २०७३/७४ मा २५ गैँडा कालगतिले मरेका थिए । गैँडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।

विगत केही वर्षयता चोरीसिकारीबाट गैँडा मारिएका छैनन् तर कालगतिले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ । यसैगरी माउले छाडेका दुई बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ ।

श्रेष्ठका अनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्काे चार महिनाको भाले बच्चा सौराहा नजीकैबाट उद्धार गरी राखिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : १६ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले