भेट्रान च्याम्पियनसिप खेल्ने सिएमजी क्लब गुवाहाटी जाने « Khabarhub

भेट्रान च्याम्पियनसिप खेल्ने सिएमजी क्लब गुवाहाटी जाने


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सिएमजी क्लबले छैठौं अन्तर्राष्ट्रिय भेट्रान्स् फुटबल च्याम्पियनसिप खेल्ने भएको छ ।

बुधबार बिहान पत्रकार सम्मेलन गरि भेट्रान टिमले आगामी शुक्रबारदेखि शुरु हुने प्रतियोगितामा सहभागी हुनेबारे जानकारी दिएको हो ।

पूर्व राष्ट्रिय टीमका खेलाडीहरु सहभागी भेट्रान टिमको कप्तानमा बाल गोपाल महर्जन रहेका छन् । पुर्व राष्ट्रिय टोलीका खेलाडी महर्जनको कप्तानीमा १८ सदस्यीय टोली भारतको गुवाहाटी जाने भएको छ ।

प्रतियोगितामा नेपालको सिएमजी र बंगलादेशको क्लबसहित भारतका विभिन्न क्लब गरि १२ टिम रहेका छन् । प्रतियोगिताका १२ टिमलाई ३ समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह सी मा रहेको छ ।

सिएमजी क्लबले यश प्रतियोगितामा शुरुआत देखि नै सहभागीता जनाउँदै आएको छ । तर, अहिलेसम्म सिएमजी क्लबले भेट्रान फुटबल च्याम्पियनसिपमा सेमिफाइनल भन्दा माथि उक्लिन सकेको छैन ।

भेट्रान च्याम्पियनसिपको खेल २५ मिनेटको खेल हुन्छ भने प्लेइङ ११ मा ८ जना ४५ बर्षभन्दा मम उमेरका खेलाडी रहन्छन् भने ३ जना ४५ बर्षभन्दा माथिल्लो उमेरका रहन्छन् ।

सिएमजी क्लबका अध्यक्ष नरेन्द्र शाहले यो संस्करणमा उपाधि जीतेर आउन शुभकामना दिएका छन्। यस्तै उनले अर्को वर्ष नेपालमै भेट्रान फुटबल च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेका छन् ।

भेट्रान टिम:

बालगोपाल महर्जन कप्तान, राकेश श्रेष्ठ, राज कुमार केसी, जिवेश पाण्डे, राजु सिंह महर्जन, सनोज श्रेष्ठ, सरोज थापा, संजय राना मगर, प्रदिप महर्जन, नरेश श्रेष्ठ, सुजित केसी, विजय श्रेष्ठ, पाण्डव खाती,दिपक लामा, छन्नु राम चौधरी, नरेन्द्र लिम्बू, भूपेन्द्र लिम्बू, सन्तोष बस्नेत
प्रशिक्षकमा राजेश मानन्धर

व्यवस्थापक: जयकृष्ण श्रेष्ठ

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : ४० बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी– पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा प्रतिनिधि

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा प्रतिनिधि

नेप्से पुनर्संरचना प्रतिवेदन : रणनीतिक साझेदार भित्र्याउन र सरकारी स्वामित्व घटाउन सुझाव

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई एक स्वायत्त, पारदर्शी र

इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ

एजेन्सी– इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको