अफगानस्तानका ओपनर साहजाद चितवन टाइगर्समा आवद्ध « Khabarhub

अफगानस्तानका ओपनर साहजाद चितवन टाइगर्समा आवद्ध


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानका क्रिकेटर मोहमद साहजाद एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्लब चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

टाइगर्सले बुधबार प्रेस विज्ञप्ती जारी गरि साहजादलाई ईपीएलका लागि टोलीका अनुबन्ध भएको जनाएको छ ।

विज्ञप्तीमा चितवनले साहजादलाई टोलीमा आवद्ध गर्न पाउँदा उत्साहित रहेको समेत जनाएको छ । साहजादसँग अफगानस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायतका टि–२० फ्रेन्चाईज खेलेको अनुभव छ ।

अफगानस्तानका ओपनिङ ब्याट्सम्यान साहजादसँगै चितवनले केही दिन भित्रै नै आफ्ना अन्य खेलाडीको घोषणा गर्ने बताएको छ ।

साहजादले अफगानस्तानका लागि २ टेस्ट, ८४ ओडिआई र ६५ टि–२० खेलिसकेका छन् । यसै सिजनका लागि चितवनले सोमपाल कामीलाई ए क्याटगोरि खोलडीका रुपमा भित्र्याएको थियो ।

ईपीएल चैत १ देखि १५ गतेसम्म किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : ४३ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ