‘सेन्टी भाइरस’ को ट्रेलर: धुर्मुस-सुन्तलीको घरमा राजनीति छिरेपछि… (भिडियो) « Khabarhub

‘सेन्टी भाइरस’ को ट्रेलर: धुर्मुस-सुन्तलीको घरमा राजनीति छिरेपछि… (भिडियो)


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस–सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरियो ।

ट्रेलरमा राजनीति छिरेपछि परिवारमा आएको द्वन्द्व देखाइएको छ । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले फिल्ममा पनि पति–पत्नीको भूमिका निभाएका छन् ।

ट्रेलरमा कुनै गाउँमा देखिएको राजनीतिक खिचातानी र पति र पत्नी दुई फरक पार्टीको प्रचारमा लाग्दा देखिएको उतारचढावलाई देख्न सकिन्छ ।

शैलेन्द्र डी कार्कीले खिचेको यो फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको कथा छ ।

दिन्डु लामा ल्ह्योमोले निर्माण गरेको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्म फागुन ९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

फिल्ममा सीताराम र कुञ्जनाका अवाला दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ४ : ४२ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात