रोहितको ‘ब्राउन्ड्री’मा न्यूजिल्यान्डमाथि भारतको रोमाञ्चक जीत « Khabarhub

रोहितको ‘ब्राउन्ड्री’मा न्यूजिल्यान्डमाथि भारतको रोमाञ्चक जीत


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले न्यूजिल्यान्डसँगको तेस्रो टि–२० खेलमा सुपर ओभरमा जीत हात पारेको छ ।

१८ रनको लक्ष्य पछ्याएको भारतका लाथि रोहित शर्मा अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जीत दिलाएका हुन् । यससँगै भारतले न्यूजिल्याण्डसँगको टी २० सिरिज ३–०ले जितेको छ ।

भारत भ्रमणमा रहेको न्यूजिल्यान्डले सुपर ओभरमा पहिलो ब्याटिङ गर्दै १७ रन बनाएको थियो । न्यूजिल्यान्डका लागि केन विलियमसनले ११ रन बनाएका थिए भने मार्टिन गप्टीलले ५ रन बनाए । भारतले बलिङका लागि आईसिसीको शीर्ष बरियताका तिब्रगतिका बलर जस्प्रीत बुम्राहलाई पठाएको थियो ।

लगत्तै सुपर ओभरमा भारतका लागि केएल राहुल र रोहित शर्मा ब्याटिङका लागि आउँदा न्यूजिल्यान्डले बलिङमा टिम साउथीलाई पठाएको थियो ।

१८ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम बलमा लक्ष्य पुरा गर्दै तेस्रो टि–२० जितेको हो । घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८० रनको लक्ष्य न्यूजिल्यान्डसामू प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १सय७९ रन बनाएपछि खेल बराबरी भएको थियो ।

यसअघि भारतले दिएको १सय८० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डका लागि केन विलियमसनले ९५ रनको योगदान दिएका थिए । उनले ४८ बलमा ८ चौका र ६ छक्का प्रहरा गरेका थिए ।

यस्तै, टीम गप्टीलले ३१, रोस टेलर १७ र कोलिन मुन्रोले १४ रन बनाएका थिए । न्यूजिल्यान्डविरुद्ध भारतका सार्दुल ठाकर र मोहम्मद शामीले समान २–२ विकेट लिएका थिए भने युज्भेन्द्र चहाल र रविन्द्र जडेजाले १–१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले ६५ रनको योगदान गरेका थिए । उनले ४० बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै, कप्तान विराट कोहलीले ३८ रन बनाउँदा केएल राहुलले २७, श्रेयस एयरले १७ रन बनाएका थिए । भारतविरुद्ध पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डका लागि हामेस बेनट्टीले ३ विकेट लिएका थिए भने मिचेल सेन्टनर र कोलिन डि ग्रान्डमले समान १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ४ : ५६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर