सहिद स्मारक ए डिभिजन लिग–मनाङको अपराजित यात्रा कायमै « Khabarhub

सहिद स्मारक ए डिभिजन लिग–मनाङको अपराजित यात्रा कायमै


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

नवौं चरणमा संकटा क्लबसँगको खेलमा ३–० गोलको जीत निकाल्दै मनाङले अपराजित यात्रालाई यथावत राखेको हो ।

संकटाका अमित तामाङको आत्मघाती गोलमा मनाङले अग्रता लिएको थियो । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, त्यसको एक मिनेटपछि अन्जन बिष्टले गोल गर्दै टिमलाई पहिलो हाफमा २–० गोलको सहज अवस्थामा पुर्याएका थिए ।

पहिलो हाफमा २–० गोलमा सकिएको खेलको ७१ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै टिमलाई ३–० गोलको जीत दिलाएका थिए ।

जीतसँगै मनाङ १९ अंकसहित लिगको तस्रो स्थानमा यथावत रहेको छ ।

मनाङले अहिलेसम्म खेलेमा ९ खेलमा ५ मा जीत र ४ खेल बराबरी खेल्दै अपराजित रहन सफल भएको छ । यता पराजित संकटा भने लिगको १२ अंकसहित ८ औं स्थानमा छ ।

अघिल्लो बर्ष दोस्रो भएको संकटा यो सिजनमा भने शीर्ष ६ का लागि संघर्ष गरिरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : ३६ बजे

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन