काठमाडौंका पाँच अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण « Khabarhub

काठमाडौंका पाँच अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ ।

बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन टोली गठन गर्न लागेको समेत जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले शुक्रराज ट्रपिकल तथा सरुवा रोग, त्रिवि शिक्षण अस्पताल, पाटन, वीर, भक्तपुर र सैनिक अस्पताललाई कोरोनाभाइरसको उपचार गराउने ‘हब’ अस्पतालको रुपमा छुट्याइएको जानकारी दिए ।

उनले काठमाडौंका अरु १३ वटा अस्पताललाईसमेत कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि छुट्याइएको जानकारी दिए । सामान्य रुघाखोकी लाग्दैमा डराउनु नपर्ने भन्दै प्रवक्ता श्रेष्ठले कोरोनाभाइरस परीक्षणका लागि बुधबार एक जना बिरामी पनि अस्पताल भर्ना नभएको जानकारी दिए ।

कोरोना भाइरसको लक्षण दुईदेखि १० दिनभित्र देखिसक्ने भन्दै मन्त्रालयले चीनबाट फर्किएका मानिसहरुलाई बढी निगरानीमा राखिने जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : ३३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।