बिहानै शंख बजाउँदा हुने ११ फाइदा « Khabarhub

बिहानै शंख बजाउँदा हुने ११ फाइदा


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दुधर्ममा शंख वा शंखध्वनीको निकै धेरै महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्यक्रम विना शंखध्वनी अधुरो हुन्छ । तर शंख किन बजाइन्छ ? र यसको फाइदा के होला ? यसबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।

शंख बजाउनुको खास अर्थ, महत्व र फाइदा छ । शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये शंख एक थियो ।

सोहि बेलाबाट हिन्दु धर्ममा शंखको खास महत्व रहन गएको हो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउँने मान्यता रहेको छ ।

अरु के के छन् त शंख राख्नु र बजाउनुको फाइदा :

१. शंख घरमा राख्नु वा बजाउनु शास्त्र अनुसार शुभफलदायक हुन्छ ।
२. शंख बजाउँदा पैदा हुने ध्वनीले वातावरणमा रहेको हानिकारक जीवाणु नष्ट हुन्छ ।
३. शंख बजाउँनेहरुको फोक्सोको व्यायाम हुन्छ । यसले फोक्सोमा लाभ दिलाउँछ ।
४. दमका रोगीलाई पनि शंख बजाउँनु लाभदायक हुन्छ ।
५. शंखमा पानी संचित गरेर त्यसलाई पिएमा शरीरमा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।
६. शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउँछ ।
७. वास्तु अनुसार शंखमा घरमा सकारात्मक उर्जा प्रवाह गर्ने शक्ति हुन्छ ।
८. कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुन्छ ।
९. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आँखाको रोगबाट मुक्ति मिल्छ ।
१०. शंखमा राखिएको पानीले अनुहारमा मसाज गर्दा प्राकृतिक चमक आउँछ ।
११. शंखमा राखिएको पानीमा गुलाबजल मिसाएर कपाल धोएमा बलियो, मुलायम र बाक्लो हुन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ०० बजे

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत