एसीसी ईस्टर्न रिजन टी-ट्वान्टीमा नेपाल र मलेसिया भिड्दै « Khabarhub

एसीसी ईस्टर्न रिजन टी-ट्वान्टीमा नेपाल र मलेसिया भिड्दै


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी ईस्टर्न रिजन टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा आज नेपाल र मलेसिया भिड्दैछन् ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ ।

मलेसिया पनि बलियो टिम हो । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

त्यसैले नेपालले यस प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर आँकेको छैन ।

हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।

थाइल्याण्डको बैंककमा हुने खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ४० बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११