अमेरिकाको कामदार भिसा खुल्यो, अनलाईन दर्ता हुँदै « Khabarhub

अमेरिकाको कामदार भिसा खुल्यो, अनलाईन दर्ता हुँदै


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले कामदार भिसा खुल्ला गरेको छ । एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ ।

अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा गरेको छ ।

नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससीआईएसले जनाएको छ ।

आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधिभित्र आवेदक र उनीहरुका प्रतिनिधिहरुले आवेदक र लाभग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् ।

हरेक दर्ताका लागि युएससीआईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ । उक्त नम्बर रजिस्ट्रेशन ट्रयाक गर्ने प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।

 तर उक्त नम्बर केस नम्बर नभएका कारण युएससीआईएसको केस स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : १३ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको