‘अदालतको निर्णय मात्र न्याय होइन’ : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

‘अदालतको निर्णय मात्र न्याय होइन’ : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन् ।

स्थानीय तह न्यायिक समितिको प्रभावकारी कार्यान्वयन र नीतिगत छलफलमा उहाँले पूर्वाधार, अनुभव, संरचना र कानून तयार नभइ घोषणा भएको न्यायिक समितिलाई सबल तुल्याउनु सबैको दायित्व भएको श्रेष्ठको भनाई छ ।

संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्र विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकामा उपाध्यक्ष वा उपप्रमुकको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ ।

उक्त समितिमा गाउँ वा नगरसभाबाट निर्वाचित दुई सदस्य रहने छन् । संबैधानिक समितिका रुपमा आएको राजनीतिक न्यायिक संरचनालाई अधिकार दिएर स्थानीय तहसम्म न्यायको पँहुच पुर्‍याउँन कोसिस गरिएको छ ।

सोही व्यवस्थाबारे पूर्व प्रधान्यायाधीश श्रेष्ठले भने ‘ स्थानीयस्तरमा न्यायिक समिति खडा गर्ने धेरै ठूलो निर्णय भएको हो, यो महत्वपूर्ण छ र सँगसँगै चूनौती पनि छ । संविधान उद्देश्य भनेको न्याय गर्ने नै हो, अदालतले गर्ने न्यायमात्र न्याय होइन ।’

संविधानमा आशा र अपेक्षासाथ समावेश गरिएका समितिलाई ठिक बाटोबाट हिँडाउन तदारुकता र चिन्ता गरियो वा गरिएन भन्ने बिषय प्रश्नको रुपमा तेर्सिने भएकाले तदअनुरुपको व्यवहार गर्न जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १ : ०६ बजे

म्याग्दीको हिदी–मालिका सडक आयोजना सुरु

म्याग्दी– मङ्गला गाउँपालिका–२ हिदीदेखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा