मध्यावधि निर्वाचनको हल्ला फैलाउने काम भयो : गृहमन्त्री थापा « Khabarhub

मध्यावधि निर्वाचनको हल्ला फैलाउने काम भयो : गृहमन्त्री थापा


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–गृहमन्त्री रामबहादुर थापाले मुलुकमा मध्यावधि निर्वाचनको हल्ला फैलाउने काम भएको बताएका छन् ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित गण्डगी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न शनिबार पोखरा पुगेका उनले मध्यावधि निर्वाचनको हल्ला गरिएको बताएका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मध्यावधि निर्वाचनको आशंका उत्पन्‍न भएको थापाले बताए। ‘एमसीसी प्रकरण, नयाँ सभामुख चयन, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा जस्ता केही सवाललाई देखाएर देश मध्यावधी निर्वाचनतर्फ जान्छ कि भन्ने विश्लेषण गरेको पाइन्छ। तर, त्यस्तो केही हुँदैन,’ उनले भने, ‘यी कुनै पनि कारणले समस्या आउँदैन।’

सत्तारुढ नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने भनेर गरेको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने मन्त्री थापाले बताए।नेकपाभित्र विवाद नरहेको उनको दाबी थियो। उनले विवाद अनावश्यक रूपमा सिर्जना गराइएको दाबी गरेका थिए।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १० : ११ बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष