पार्टीले गरेको निर्णय सबैले मान्नु पर्छ : नेता खनाल « Khabarhub

पार्टीले गरेको निर्णय सबैले मान्नु पर्छ : नेता खनाल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय सबैले मान्नु पर्ने बताएका छन् ।

उनले सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने बारे गरेको निर्णय अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गर्ने बताए ।

नुवाकोटको विदुरमा शनिबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको निर्णय सबैमा लागू हुने बताए ।
। ‘वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न निर्णय सचिवालयले गरेको छ। उहाँले पनि पार्टी सचिवालयको निर्णय मान्नुपर्छ’ उनले भने। ‘पार्टीको निर्णय प्रधानमन्त्रीलाई मात्रै होइन सबैले लागू हुन्छ।’ उनले भने, ‘प्रधानमन्त्रीले मान्नु नपर्ने, अरूले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान सक्दैन।’

दुई अध्यक्षबीच बिवाद नरहेको उनको दाबी थियो । ‘बाहिर हल्ला भएको भए पनि उहाँहरूबीच त्यस्तो बिवाद छैन’ नेता खनालले भने ।

उनले दुई ठूला कम्युनिष्टहरू एक भएर बनेको शक्तिशाली नेकपा टुक्रने अवस्थामा नभएको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : ४५ बजे

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले