आरोप लगाउने महिलासँग मेरो चिनजान नै छैन : मुख्यमन्त्री राई « Khabarhub

आरोप लगाउने महिलासँग मेरो चिनजान नै छैन : मुख्यमन्त्री राई


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध मुद्दा हाल्ने महिलासँग आफ्नो चिनजान नै नरहेको दाबी गरेका छन ।

प्रेस संगठनले शनिबार सुनसरीको इटहरीमा गरेको कार्यक्रममा मुख्यमन्त्री राईले आफूमाथि आरोप लगाउने महिलासँग चिनजान नै नरहेको दाबी गरे । ‘जुन महिलाले ममाथि आरोप लगाएकी छन्, तिनीसँग मेरो चिनजान नै भएको छैन’, उनले भने।

शुक्रबार तत्कालीने एमालेको युवा संगठनकी नेतृ बालिका खड्काले मुख्यमन्त्री राईसँग आफ्नो सम्बन्ध रहेको भन्दै पति नाता कायम गराइ अंश दिलाई पाऊँ भन्दै काठमाडौँ अदालतमा मुद्दा दर्ता गरेपछि शनिबार मुख्यमन्त्री राईको धारणा सार्वजनिक भएको हो ।

उनले आफू सञ्चारमन्त्री हुँदा देखिनै मोबाइलमा निरन्तर रुपमा म्यासेज आउने गरेको बताउँदै उनले आफूले ती म्यासेज जस्ताको तस्तै प्रधानमन्त्रीलाई समेत देखाएको बताए।

‘ती म्यासेजहरुलाई जस्ताको तस्तै मोबाइलमा राखेर सञ्चारमन्त्रीको हैसियतमा प्रधानमन्त्रीज्यूलाई देखाएँ। उहाँ पनि अचम्मित हुनुभयो’, उनले भने, ‘यसभन्दा अगाडि पनि तपाईँका बारेमा एउटा गलत पोको लिएर मान्छेहरु आएका थिए। आज प्रमाणित भयो, तपाईमाथि ठूलो षड्यन्त्र भएको रहेछ। अब तपाई ढुक्कले केही विचलित नभई आफ्नो काममा अगाडि बढ्नुस्, कसैलाई केही प्रतिक्रिया नदिनुस्। मैले मान्छे चिनें, बुझें, प्रधानमन्त्रीजीले भन्नुभयो।’

उनले आफूलाई बदनाम गराउने गिरोह नै संलग्न रहेको र त्यस विषयमा पार्टी पोलिटब्युरोमा छलफल भइ आरोपहरु गलत भएको र आरोप लगाउने पात्र नै गलत भएको निष्कर्ष निकालेको बताए।

उनले अध्यक्षको अनुमति मागेर आफूले सात पेज म्यासेज र ६ वटा नम्बरसहित सीर्आबीमा उजुरी दिएको समेत बताए । उनले आफूमाथि निरन्तर रुपमा षड्यन्त्र हुँदा पनि आफूले कुनै प्रतिक्रिया नदिएको बताए । आफू भुइँतहबाट आएको मान्छे भएको आर्थिक र नैतिक मामिलामा कसैले पनि खोट लगाउन सक्ने ठाउँ नबनाएको दावी गरे।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : १५ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान