विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित « Khabarhub

विदेशमा नेपाल भ्रमण वर्षको प्रचार स्थगित


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल भ्रमण वर्ष २०२० को विदेशमा प्रचारप्रसार स्थगित गरेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताए । उनका अनुसार केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको हो ।

शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भने, ‘जब परिस्थितिअनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम गर्नेछौँ ।’

उनले देशभित्रकै पर्यटन प्रवर्धनमा जोड दिने बताए । कोरोनाले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समेत असर गर्ने देखिएको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ७ : ५५ बजे

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले