कोरोनाभाइरसका कारण अमेरिकामा ज्यान गुमाएका नेपालीको अस्पतालले नै गर्‍यो दाहसंस्कार « Khabarhub

कोरोनाभाइरसका कारण अमेरिकामा ज्यान गुमाएका नेपालीको अस्पतालले नै गर्‍यो दाहसंस्कार


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका गैरआवासीय नेपाली अनिल लिम्बूको अस्पतालले नै दाहसंस्कार गरेको छ ।

कोरोना संक्रमणपछि उपचाररत लिम्बूको गत मंगलबार बिहान मृत्यु भएको थियो । उनको शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनीमार्फत दाहसंस्कार गरिएको हो ।

न्युयोर्कको एल्महर्स्ट अस्पतालमा कोरोना संक्रमणका कारण उनको ज्यान गएको थियो ।

दाहसंस्कारमा परिवारका सदस्यहरु तथा अन्य समुदायका व्यक्ति सहभागी हुँदा संक्रमणको जोखिम बढ्ने भएका कारण  दाहसंस्कारको जिम्मा सिमेट्री कम्पनीलाई दिइएको थियो ।  दाहसंस्कारका लागि ग्रिनउड सिमेट्रीलाई झण्डै १२ सय डलर तिरिएको थियो  ।

पछि परिवारले आफ्नो धार्मिक विधि अनुशार कृयाक्रम गर्नेमा परिवारले सहमति जनाएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिए ।

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय लिम्बूलाई कोरोना संक्रमणपछि एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।

पाँचथर रानीगाउँ घर भएका लिम्बू करिब दुई दशकदेखि अमेरिकामा बस्दै आएका थिए । लिम्बूका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

लिम्बूले मधुमेह र उच्च रक्तचापको औषधी प्रयोग गर्दै आएको पारिवारिक स्रोतले जनाइएको छ । उनका जेठा छोरालाई पनि कोरोना संक्रमण देखिएको थियो तर केही दिनको उपचारपछि उनी निको भएको जनाइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको