कोरोनाभाइरसका कारण अमेरिकामा ज्यान गुमाएका नेपालीको अस्पतालले नै गर्‍यो दाहसंस्कार | Khabarhub Khabarhub

कोरोनाभाइरसका कारण अमेरिकामा ज्यान गुमाएका नेपालीको अस्पतालले नै गर्‍यो दाहसंस्कार


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका गैरआवासीय नेपाली अनिल लिम्बूको अस्पतालले नै दाहसंस्कार गरेको छ ।

कोरोना संक्रमणपछि उपचाररत लिम्बूको गत मंगलबार बिहान मृत्यु भएको थियो । उनको शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनीमार्फत दाहसंस्कार गरिएको हो ।

न्युयोर्कको एल्महर्स्ट अस्पतालमा कोरोना संक्रमणका कारण उनको ज्यान गएको थियो ।

दाहसंस्कारमा परिवारका सदस्यहरु तथा अन्य समुदायका व्यक्ति सहभागी हुँदा संक्रमणको जोखिम बढ्ने भएका कारण  दाहसंस्कारको जिम्मा सिमेट्री कम्पनीलाई दिइएको थियो ।  दाहसंस्कारका लागि ग्रिनउड सिमेट्रीलाई झण्डै १२ सय डलर तिरिएको थियो  ।

पछि परिवारले आफ्नो धार्मिक विधि अनुशार कृयाक्रम गर्नेमा परिवारले सहमति जनाएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिए ।

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय लिम्बूलाई कोरोना संक्रमणपछि एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।

पाँचथर रानीगाउँ घर भएका लिम्बू करिब दुई दशकदेखि अमेरिकामा बस्दै आएका थिए । लिम्बूका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

लिम्बूले मधुमेह र उच्च रक्तचापको औषधी प्रयोग गर्दै आएको पारिवारिक स्रोतले जनाइएको छ । उनका जेठा छोरालाई पनि कोरोना संक्रमण देखिएको थियो तर केही दिनको उपचारपछि उनी निको भएको जनाइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : १९ बजे

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

इलाम पुगेर ओलीले भने : सधैँभरी गठबन्धन गरेर देश बन्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने