रोनाल्डोले ४ महिनाको तलब नलिने, संकटपछि युभेन्टसका खेलाडीको तलब कटौती | Khabarhub Khabarhub

रोनाल्डोले ४ महिनाको तलब नलिने, संकटपछि युभेन्टसका खेलाडीको तलब कटौती


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पोर्चुगलका स्टार रोनाल्डो सहितका खेलाडीले इटालियन क्लव  युभेन्टसबाट ४ महिनाको तलब नलिने भएका छन् ।

खेलाडी सहित प्रशिक्षक सर्रीले मार्च, अप्रिल, मे र जुनमा प्राप्त गर्ने मासिक तलब बराबरको रकम छाड्न सहमती जनाएका हुन् ।

कोरोना भाइरसले इटाली आर्थिक संकटबाट गुज्रिएपछि खेलाडीहरुले तलव नलिने सहमती गरेपछि इटालियन क्लव युभेन्टसलाई केही राहत मिलेको छ ।

कोरोना भाइरसका कारण ईटालीका सबै खेल गतिविधि कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएका छन् । खेलाडीहरु चार महिनाको तलब माफ गर्न सहमतीसंगै क्लबलाई समग्रमा ८० मिलियन पाउण्ड राहत मिलेको छ ।

पछिल्लो सहमतीसंगै क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले वार्षिक प्याकेज अन्तर्गत प्राप्त गर्ने ९ मिलियन पाउण्ड भन्दा बढी रकम गुमाउनेछन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : ३९ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव