जो जेट मेशिन लिएर निःसंक्रामक छर्किदै घुम्छन् « Khabarhub

जो जेट मेशिन लिएर निःसंक्रामक छर्किदै घुम्छन्


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यतिबेला आम नेपाली कोरोना भाइरस संक्रमणको त्रासमा छन् । यो भाइरसबाट सुरक्षित हुन सबैजना घरमा क्वारेन्टाइनमा बसेका छन् ।

ललिपुरका जयकृष्ण सुवेदी भने दिनभर निःसंक्रामक औषधि छर्किन व्यस्त छन् । ललितपुरको पुल्चोकका बासिन्दा सुवेदीको ५ दिनदेखि यही दिनचर्यामा छन् ।

उनी घरबाट बिहान ६ बजे निस्कन्छन् र मोटरसाइकल चढेर टेकुस्थित वातावरण व्यवस्थापन विभागको कार्यालय पुग्छन् ।

कार्यालयबाट एक जना साथीसहित ‘जेट मेशिन’ ट्याङकर लिएर निस्कन्छन् । उनी जेट मेशिन अर्थात् गाडी चालक हुन् । गाडीबाट पाइपको सहायतले निःसंक्रामक मिश्रित पानी स्प्रे गर्छन् उनका साथीले ।

सुवेदी चालकमा मात्र सिमित छैनन् ।

‘जेट मेशिन चलाउन थालेको डेढ वर्ष भयो’ सुवेदी भन्छन्, ‘अप्ठयारा ठाउँमा आफैं पाइपले क्लोरिन वाटर स्प्रे गर्छु ।’

काठमाडौं महानगरपालिकाले बढी भीडभाड हुने मुख्य सडकहरूमा गत बुधबार निःसंक्रामक औषधि छर्किन सुरु गरेको हो । अहिले ३ वटा जेट मेशिनले महानगरका ठाउँ ठाउँमा क्लोरिन वाटर छर्किरहेका छन् ।

जेट मेशिनमा ४० हजार लिटर पानी हुन्छ, जसमा १४० लिटर क्लोरिन मिसाइएको हुन्छ । वातावरणमा भएका कीटाणु मार्न क्लोरिनको छर्किनु परेको सुवेदी बताउँछन् ।

यो मेशिनले अगाडि र पछाडि दुवैतिरबाट पानी छर्किन्छ । सुवेदीलाई यही मेशिनबाट निःसंक्रामक औषधि छर्किन भ्याई नभ्याई छ ।

‘बेलामा खानसमेत भ्याइदैन’ काममै रहेका सुवेदीले थोरै समय निकालेर खबरहबसँग भने, ‘बिहानदेखि बेलुकासम्म भ्याई नभ्याई छ ।’

लडकाउनमा मानिसहरू घरभित्रै रहेको यो समयमा सुवेदी भने जेट मेशिन लिएर अनेक चोक र गल्ली चहार्दै छन् । बिहान ६ बजेदेखि दिनभर जेट गाडी गुडाउँदै महानगर घुम्छन् ।

५ दिनमा यी स्थानमा छर्किए क्लोरिन वाटर

पहिलो दिन राष्ट्रिय सभागृहबाट जेट मेशिन लिएर निस्केका सुवेदी शुक्रराज ट्रपिल अस्पताल, टेकु पुगे ।

‘अस्पतालभित्र कोभिड—१९ का बिरामी राखिएका ठाउँमा स्प्रे गर्न सकिने ठाउँ थिएन तर सबैजनाले अनुरोध गरिरहनुभएको थियो,’ सुवेदीले भने, ‘अनि सँगै रहेको स्वास्थ्य सेवा विभागभित्र छिरेर ट्रपिकल अस्पतालमा पनि स्प्रे गर्‍यौँ ।’

गाडी छिर्ने ठाउँमा गाडीभित्रै बसेर स्प्रे हुन्छ । नछिर्ने ठाउँमा गाडीबाट ओर्लेर हातले पाइप समातेर स्प्रे गर्नुपर्छ ।

बिहीबार वीर अस्पातलबाट सुरु भएको काम महाराजगञ्ज हुँदै न्युरो अस्पतालसम्म पुग्यो । ‘बिहीबार महाराजगञ्ज पुगेँ’ कुराकानीमा उनले भने, ‘शिक्षण अस्पतालमा पनि पसेर स्प्रे गरेँ ।’

सुवेदी आफ्नो रूटमा जाँदा दाँयातर्फ र अर्को फर्किंदा बायाँतर्फ स्प्रे गर्छन् ।

शुक्रबार वडा नम्बर ३ अन्तर्गतका विभिन्न स्थानमा पुगे । शनिबार चावहिल र बौद्ध क्षेत्रमा स्प्रे गरे ।

जोखिम छ तर खुसी छन्

कोरोना भाइरस संक्रमणको त्रास सुवेदीलाई पनि उति नै छ जति संसारका सबै मानिसलाई छ । उनी दह्रो आत्मबल र गर्वका साथ काममा खटेका छन् जनताको सुरक्षाका लागि ।

‘अचानक यो ड्युटीमा परियो तर पछि हट्दिनँ भनेर काम गर्न थालेँ’ पाँच दिनदेखि ट्याङ्कर लिएर काममा खटेका सुवेदी भन्छन्, ‘यसरी काम गर्नु त जनताको सुरक्षाको लागि हो, म पछि हट्दिनँ ।’

यसरी जनताको सेवाको काम गर्दा उनलाई खुसी पनि लागेको छ । उनले भने, ‘यस्तो बेला बाहिर हिँड्न असुरक्षित महसुस त हुन्छ तर एकखालको आनन्द पनि मिल्छ ।’

परिवारलाई सुरक्षित गर्न अलग बस्ने तयारी

सुवेदीका परिवारजनलाई पनि त्रास छ, दिनभर बाहिर डुल्नेले कोरोनाको संक्रमण पो ल्याउने हुन् कि !

सुवेदी संयुक्त परिवारमा बस्छन्, १३ जना छन् । बालबालिका र वृद्धा आमा छन् । कोभिड—१९ को जोखिम बालबालिका र वृद्धहरूलाई बढी हुन्छ ।

‘परिवारमा पनि कुरा भइरहेको छ, केही दिन एक्लै बस्छु भनेर घरमा प्रस्ताव राखेको छु’ सुवेदीले भने, ‘कामका सिलसिलामा धेरै ठाउँमा हिँड्नु परेको छ, परिवारलाई केही नहोस् भनेर सेल्फ क्वारेन्टाइनमा बस्न खोजेको ।’

१३ वर्षदेखि फोहरमैला व्यवस्थापनमा

२०३९ सालमा काठमाडौंमा जन्मिएका सुवेदीले उच्च शिक्षासम्म पढे । घरायसी समस्याका कारण पढ्दा पढ्दै रोजगारीमा लागे । सुरुमा उनी कृषि मन्त्रालयमा सवारी चालक थिए ।

तेह्र वर्षयता भने वातावरण व्यवस्था विभागमा छन् । फोहरमैला व्यवस्थापन अन्तर्गत जेट मेशिन लिएर फोहरमैला विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलसम्म स्प्रे गर्नु उनको मुख्य काम हो । स्प्रे गर्न थालेको डेढ वर्ष भयो ।

‘कोभिड १९ का लागि क्लोरिन वाटर प्रयोग गरिरहेका छौं’ उनले भने, ‘ल्याण्डफिल साइटसम्म चाहिँ फिनेल छर्किन्थ्यौँ ।’

जेट मेशिन चलाउनु अघि उनी फोहरमैला संकलनमा थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ८ : ४९ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने