आफूले उत्पादन गरेका 'पीपीई' महावीरले निशुल्क दिने  | Khabarhub Khabarhub

आफूले उत्पादन गरेका ‘पीपीई’ महावीरले निशुल्क दिने 


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने बताएका छन् ।

उनले बिहीबारदेखि बनाउन थालेका पीपीई सरकार र अस्पताललाई निःशुल्क उपलब्ध गराउने बताएका हुन् ।

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उनले जानकारी दिएका छन् ।

“एउटा पीपीई बनाउनका लागि एक हजार पर्छ”, उनले भने, “एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।”

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छ जना मजदुरले अहिले पीपीई उत्पादन गरिरहेका छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बीपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पिपिई बनाउन भनेपछि उनले बनाउन थालेको बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ४३ बजे

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन