कोरोना भाइरसको संक्रमण रोक्न सेनाले ल्यायो मोबाइल एप « Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न सेनाले ल्यायो मोबाइल एप


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्ने कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले मोबाइल एप निर्माण गरेको छ ।

सेनाले क्राउन सोर्सिङको अवधारणअनुरुप सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ निर्माण गरेको हो ।

उक्त मोबाइल एपमार्फत सर्वसाधारणले आफ्नो परिवार, छिमेक तथा साथीभाइमा कोरोना भाइरससम्बन्धी कुनै पनि लक्षण देखिएमा विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ ।

साथै विपदको घडिमा जनमानसमा विभिन्न किसिमका अफवाहहरुको फैलावट रोक्न पनि एपले मद्दत गर्ने सेनाले विश्वास लिएको छ । मोबाइल एपमार्फत प्राप्त हुने सूचना तथा डाटाहरुलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन, विश्लेषण तथा बिरामीको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने छ ।

हाललाई यो मोबाइल एप एन्ड्रोइड अपरेसिटङ सिस्टममा आधारित स्मार्ट फोनका लागि तयार गरिएको छ । केही दिनमै अन्य अपरेटिङ सिस्टममा आधारित स्मार्ट फोनका लागि पनि एप तयार गरिने सेनाको भनाइ छ ।

हालका लागि नेपाली सेनाको वेवसाइट बाट एप डाउनलोड गर्न सकिने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ५८ बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको