‘चपली हाइट ३’ निर्माताको व्यङ्ग्य: ५० लाख लिन्छु भन्ने सुपरस्टार अहिले कुन दुलोमा छन् ? | Khabarhub Khabarhub

‘चपली हाइट ३’ निर्माताको व्यङ्ग्य: ५० लाख लिन्छु भन्ने सुपरस्टार अहिले कुन दुलोमा छन् ?


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता अर्जुन कुमारले कोरोना भाइरस रोकथामका लागि भन्दै खडा गरिएको कोषमा रुपैयाँ ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा फेसबूकमार्फत सहयोगको घोषणा गर्दै धेरै कमाउने तर विपदका बेला सहयोग नगरेको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘एउटा फिल्म अभिनय र निर्देशनको ५० लाख लिन्छु भन्ने सुपरस्टार र निर्देशक अहिले कुन दुलोमा छन् ?’

अर्जुन कुमारले ५० लाख लिन्छु भन्ने सेलिब्रेटीलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् । उनको भनाइ छ, ‘खोजेर डोनेसन दिन लगाउनुप¥यो, हावामा बोलेका हुन् या सही भनेका हुन्, यस्तो बेलामा खोजेर सदुपयोग गर्नुपर्‍यो ।’

चपली हाइट, चपली हाइट २, फाटेको जुत्ता लगायतका फिल्म निर्माण गरेका अर्जुन कुमारले सबैलाई कोरोनाको संक्रमणबाट जोगिन पनि अनुरोध गरेका छन् ।

निर्माता अर्जुन कुमारले ५० लाख पारिश्रमिक लिन्छु भन्ने अनमोल केसी, प्रदीप खड्का, रामबाबु गुरुङ लगायतले सरकारलाई आर्थिक सहयोग नगरेको घुमाउरो पारामा अभिव्यक्ति दिएका छन् ।

अर्जुन कुमारको निर्माणमा तयार भएको फिल्म ‘चपली हाइट ३’ आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने चर्चा थियो । सरकारले वैशाख १८ गतेसम्म फिल्म चल्न नदिने घोषणा गरेपछि ‘चपली हाइट ३’ को रिलिज मिति अन्यौलमा छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ५८ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर