‘चपली हाइट ३’ निर्माताको व्यङ्ग्य: ५० लाख लिन्छु भन्ने सुपरस्टार अहिले कुन दुलोमा छन् ? « Khabarhub

‘चपली हाइट ३’ निर्माताको व्यङ्ग्य: ५० लाख लिन्छु भन्ने सुपरस्टार अहिले कुन दुलोमा छन् ?


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता अर्जुन कुमारले कोरोना भाइरस रोकथामका लागि भन्दै खडा गरिएको कोषमा रुपैयाँ ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा फेसबूकमार्फत सहयोगको घोषणा गर्दै धेरै कमाउने तर विपदका बेला सहयोग नगरेको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘एउटा फिल्म अभिनय र निर्देशनको ५० लाख लिन्छु भन्ने सुपरस्टार र निर्देशक अहिले कुन दुलोमा छन् ?’

अर्जुन कुमारले ५० लाख लिन्छु भन्ने सेलिब्रेटीलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् । उनको भनाइ छ, ‘खोजेर डोनेसन दिन लगाउनुप¥यो, हावामा बोलेका हुन् या सही भनेका हुन्, यस्तो बेलामा खोजेर सदुपयोग गर्नुपर्‍यो ।’

चपली हाइट, चपली हाइट २, फाटेको जुत्ता लगायतका फिल्म निर्माण गरेका अर्जुन कुमारले सबैलाई कोरोनाको संक्रमणबाट जोगिन पनि अनुरोध गरेका छन् ।

निर्माता अर्जुन कुमारले ५० लाख पारिश्रमिक लिन्छु भन्ने अनमोल केसी, प्रदीप खड्का, रामबाबु गुरुङ लगायतले सरकारलाई आर्थिक सहयोग नगरेको घुमाउरो पारामा अभिव्यक्ति दिएका छन् ।

अर्जुन कुमारको निर्माणमा तयार भएको फिल्म ‘चपली हाइट ३’ आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने चर्चा थियो । सरकारले वैशाख १८ गतेसम्म फिल्म चल्न नदिने घोषणा गरेपछि ‘चपली हाइट ३’ को रिलिज मिति अन्यौलमा छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १२ : ५८ बजे

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

थिम्फू- पश्चिम एशियामा जारी युद्धको प्रत्यक्ष असर हिमाली राष्ट्र भुटानसम्म

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई

शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

साइकल चढेर संसद् गए रास्वपा सांसद गजुरेल  

काठमाडौं– संसद्‍को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल

संसद्को पहिलो बैठकमै एमालेद्वारा सरकारको विरोध, भन्यो, ‘ओली–लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद्