लकडाउनका कारण बाटैमा अड्किए अर्जुन रामपाल « Khabarhub

लकडाउनका कारण बाटैमा अड्किए अर्जुन रामपाल


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण भारतमा २१ दिन लकडाउन गरिएको छ । जसकारण पूरै भारत सेल्फ आइसोलेसनमा छ । लकडाउनका कारण आम मान्छेको जीवनमा समस्या देखिएको छ ।

बलिउड कलाकार अर्जुन रामपाल पनि लकडाउनका कारण बीच बाटोमै अड्किएका छन् ।

भारत सरकारले लकडाउन गरेपछि ७ महिनाको छोरो र आफ्नी गर्लफ्रेण्डसँग अर्जुन मुम्बईबाट टाढा करजतमा बसेका छन् । अर्जुनले योबारेमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनका अनुसार लकडाउनभन्दा पहिले उनी शूटिङ गरिरहेका थिए । सरकारले लकडाउन घोषणा गरेपछि उनी त्यहीँ बसे ।

भिडियोमा उनी भन्छन्, ‘तपाईंलाई लागिरहेको होला कि, यसलाई के भयो, यो त साधु बन्यो, तर समय नै यस्तो आयो कि साधुको जीवन बाँच्न परिरहेको छ ।’

यसको कारण अर्जुनले कोरोना भाइरसलाई दिएका छन् ।

अर्जुन जहाँ बसिरहेका छन्, त्यहाँ एकदमै स्वच्छ छ । उनले आफू पनि सेल्फ आइसोलेसनमा रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १ : ४६ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका